• सोमबार, भाद्र २९ २०८३

गण्डकी गाउँपालिका चेम्बर अफ कमर्सको अध्यक्षमा मियाँ


बुधबार, जेष्ठ १८ २०७९
1000
Shares

गोरखा। गण्डकी गाउँपालिकामा चेम्बर अफ कमर्स गाेरखाकाे अध्यक्षमा रजनी मियाँ निर्वाचित भएकी छिन्।

समितिको सचिवमा अनिल माझी, कोषाध्यक्षमा लक्ष्मण रेग्मी, सदस्यहरुमा राजु माझी र चोमबहादुर थापा चयन भएको गोरखा चेम्बर अफ कमर्स गोरखाकाले जनाएको छ ।

सल्लाहकार समितिमा दुर्गा बहादुर बिसुराल, भक्तमणी नहर्की र डिपी सापकोटा चयन भएका छन् ।

गण्डकी गाउँपालिका वडा नं १ देखि ८ सम्मका व्यापार व्यवस्था सहज रुपमा संचालन गर्न समिति गठन गरिएको चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

आगामी एक महिना भित्र सबै वडामा तदर्थ कमिटी गठन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार