• सोमबार, भाद्र २९ २०८३

चितुवाको आक्रमणबाट गोरखामा प्रहरी सहित तीन जना घाइते


बुधबार, जेष्ठ १८ २०७९
900
Shares

गोरखा । पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट प्रहरी सहित तीन जना घाइते भएका छन् ।

पालुङटार न.पा. ४ रानीटार स्थित मकैबारीमा काम गरिरहेको अवस्थामा ४४ वर्षीय केशर बहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई अचानक चितुवाले आक्रमण गरी घाइते बनाएको डिएसी लिलाराज लामिछानेले बताए ।

नेपालीको ढाडमा, भण्डारीको बाँया तिघ्रा, पाखुरा र नारीमा चिथोरेको उनले बताए । दुवै जनाको स्थानीय राम मेडिकल ठाँटीपोखरीमा उपचार भइरहेको छ । हाल दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सोही चितुवाको खोजीनिति गर्ने क्रममा हवल्दार सुनिल रायमाझीलाई समेत चितुवाले पछाडीबाट आक्रमण गरी घाइते बनाएको डिएसपी लामिछानेले जानकारी दिए ।

हवल्दार रायमाझीको पिठ्युँमा चिथोरेको र हाल तेज फार्मेसी ठाँटीपोखरीमा उपचार भइरहेको छ । उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार