गोरखा । करेन्ट लागेर गोरखामा एक पुरुषकाे ज्यान गएकाे छ । शहिदलखन गाउँपालिका ४ ताक्लुङ्ग घर भएका ५० वर्षीय शेरबहादुर आलेकाे करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



आलेले घरमा विजुली नआएको भनि घर नजिकै रहेको विजुलीको पोलमा चढी तार तान्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।