• सोमबार, भाद्र २९ २०८३

लमजुङमा टिपर दुर्घटना हुदा गोरखाका एक युवक सहित ४ जनाकाे मृत्यु


आइतबार, जेष्ठ १५ २०७९
980
Shares

गोरखा । लमजुङको मध्य नेपालमा  दुर्घटना हुँदा गोरखाका एक युवकसहित चार जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गोरखा नगरपालिका १२ बस्ने वर्ष २४ का वर्षीय रविन्द्र सेढाई, सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुई जना सल्यान कुमाख गाउँपालिका बस्ने अन्दाजी वर्ष २२ का पारस शाह र रहेका छन् ।

मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि टिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

उक्त टिपर मध्यनेपाल नगरपालिका ७ कल्याण बेसीबाट बतासे चोकतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिब ३० मिटर तल खसेको हो ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई टिपर ब्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार