आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए । तर उद्धार टाेली घटनास्थलमा भने पुग्न सकेका छैनन् ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।
साेही विमानमा गोरखाक शहिद लखन गाउँपालिका ५ तिनमानेका ४ जना सवार रहेकाे बताइएकाे छ । जसमा गणेश नारायण श्रेष्ठ, राेजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ रहेकाे बुझिएकाे छ ।
तस्विर : साँकेतिक