गोरखा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको हाे ।



बिहान करिब १० बजेदेखि वेपत्ता भएकाे जहाजमा गोरखाका चार जना रहेकाे अपुष्ट खबर छ । उनिहरु हिजाे काठमाण्डाैबाट पाेखरा गएकाे र आज जाेमसाेमकाे यात्रामा रहेकाे बताइएकाे छ ।
हराएका मध्ये गणेश नारायण श्रेष्ठ, राेजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ गोरखा घर भएकाहरु रहेकाे आशंका गरिएकाे छ । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।