• शनिबार, साउन ९ २०८३

पाटन अस्पतालमा हुने भयाे कोरोनाको उपचार, परीक्षण टेकुमा


बुधबार, चैत्र १२ २०७६
1.1K
Shares

सरकारले कोरोना संक्रमितहरुको उपचार ललितपुरको पाटन अस्पतालमा गर्ने भएको छ। यसअघि कोरोना संक्रमितको मुख्य उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगलाई माध्यम अस्पतालमा रुपमा प्रयोग गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार नियमित पत्रकार सम्मेलनमा परीक्षण गर्ने, निर्क्यौल गर्ने माध्यम अस्पतालका रुपमा टेकु र कोरोना भएको प्रमाणित भए पाटन अस्पतालमा सिफ्ट गर्ने निष्कर्षमा पुगेको बताए।

बुधबार बिहान स्वास्थ्य मन्त्रालयको टोलीले पाटन अस्पतालको नीरिक्षण समेत गरिसकेको छ। टेकु अस्पतालमा संक्रमितको आशंकामा जाँच गर्नेहरुको संख्यामा ह्वात्तै वृद्धि हुन थालेपछि मन्त्रालयले पाटनमा उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार