गोरखा । गोरखा आरुघाट घर भएकी पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार समेत रहेकी श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् ।
सातौं सफल आरोहणसँगै श्रेष्ठ नेपालतर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनी कीर्तिमान कायम गरेकी छन् ।
८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो ।
श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन् ।