• बुधबार, साउन १३ २०८३

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त


शुक्रबार, जेष्ठ १३ २०७९
710
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

२,२३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १,१४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार