• मंगलबार, भाद्र ३० २०८३

गायक नितेशजंग कुँवरको प्रेममा भ्लगर समृद्धि राई


शुक्रबार, जेष्ठ १३ २०७९
850
Shares

गायक नितेशजंग कुँवर र भ्लगर समृद्धि राई प्रेममा परेका छन्। लामो समयदेखि एकअर्काको प्रेममा चुर्लम्म रहेका नितेश र समृद्धिले आफ्नो प्रेम भने सार्वजनिक गरेका थिएनन्।

गोप्य रुपमा डेटमा रमाइरहेको यो जोडीले अब भने आफ्नो प्रेम गोप्य राख्न चाहेन। नितेश र समृद्धि दुबैले एकैपटक आफूहरु प्रेममा रहेको खुलासा गरेका छन्। उनीहरुले इन्स्टाग्राम युगल तस्बिर सार्वजनिक गर्दै आफूहरु प्रेममा रहेको खुलाएका हुन्। 

नितेशले समृद्धिसँगको तस्बिर सार्वजनिक गर्दै इन्स्टामा लेखेका छन् ‘विथ माइ क्वीन।’ 

उनले समृद्धिलाई अंकमाल गरेको तस्बिर सार्वजनिक गरेका हुन्। केहिदिन अघि मात्रै नितेशको बर्थडे पार्टीमा समृद्धि सँगै देखिएकी थिइन। त्यसपछि नै यी दुई प्रेममा रहेको चर्चा सुरु भएको थियो।

केही दिन मौन रहेर उनीहरुले प्रेम सार्वजनिक गरेका हुन्। 

युवा पुस्तामा लोकप्रिय नितेश एक समय संगीतबाट सन्यास लिने अभिव्यक्ति दिएर चर्चामा आएका थिए। एक समय पत्रकारिता समेत रहेकी समृद्धिले केहि गीत समेत सार्वजनिक गरेकी छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार