• मंगलबार, भाद्र ३० २०८३

सकियो १९ औ सवालाख रोट महोत्सव


शुक्रबार, जेष्ठ १३ २०७९
1.2K
Shares

गोरखा । गोरखाको गोरखनाथमा सञ्चालित १९औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ ।

सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा गोरखाको गोरखानाथ मन्दिरमा रोट महोत्सव सुरु भएको थियो । ११ दिन सम्म चलेको महोत्सव विहिबार सम्पन्न भएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।

महोत्सवमा करिब २५ हजार भक्तजन सहभागिता रहेको केन्द्र केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले जानकारी दिए । गहुँ, जौ र धेरैजसो चामलको पिठोमा बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । पिठोमा किसमिस मिसाएर रोटलाई स९सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन ।

उनका अनुसार महोत्वसमा तनहुँ, लमजुङ, कास्की, बाग्लुङ, स्याङजा, भक्तपुर, काठमाडौ, नुवाकोट लगायका भक्तजनहरु सहभागिता थिए ।

गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन । दुई वर्षसम्म नित्य पूजा अन्तर्गत रोट चढाइएको थियो । तर यस पटक धेरैै भक्तजन सहभागी भएको केन्द्रका अध्यक्ष अर्यालले बताए ।

‘रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निशुल्क ब्यवस्था समेत गरेको थियो ।’ उनले भने । राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिनसम्म रोट महोत्सव गरेर रोट अर्पण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार