• मंगलबार, भाद्र ३० २०८३

 यस्तो छ आजको विनिमय दर


शुक्रबार, जेष्ठ १३ २०७९
835
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४३ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २४ पैसा पुगेको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रूपैयाँ १७ पैसा कायम गरेको छ। कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा पुगेको छ। 

युएई दिराम एकको खरिददर शुक्रबार ३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८८ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले तोकेअनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रूपैयाँ १६ पैसा र बिक्रीदर २८ रूपैयाँ २९ पैसा पुगेको छ। 

कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ९४ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ९० पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३३० रूपैयाँ ०७ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार