• मंगलबार, भाद्र ३० २०८३

चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु


शुक्रबार, जेष्ठ १३ २०७९
775
Shares

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको सन्धिखर्क नगरपालिका ४ मा बिहीबार साँझ चितुवाले आक्रमण गर्दा गुल्मी घर भई सन्धिखर्कस्थित मामाघर बस्दै आएका ७ वर्षीय सम्राट नेपालीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बालक मामा लालबहादुर नेपालीको घरमा बसेर पढ्दै आएका थिए। उनी स्थानीय भगवती आधारभूत विद्यालयका कक्षा २ का विद्यार्थी थिए।

बिहीबार दिउँसो स्कुलबाट आएपछि घर नजिकै खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको थियो।  

उनको शव घरबाट करिब १ किमी टाढा क्षतविच्छद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बायाँतर्फको खुट्टा र तिघ्रो खाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अम्मर थापाले जानकारी दिए।  

चितुवाले बालकलाई मारेपछि स्थानीयबासी त्रसित बनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार