• मंगलबार, भाद्र ३० २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


शुक्रबार, जेष्ठ १३ २०७९
610
Shares

शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। 

त्यसैगरी, सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य १० रूपैयाँ बढेर प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार