• बुधबार, साउन १३ २०८३

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमण मुक्त


बिहिबार, जेष्ठ १२ २०७९
660
Shares

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२८ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १२९ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार