
गोरखा। गोरखा नगरपालिकाले नगरकाे सबै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्ने भएको छ ।
धान खेती सुधार ल्याउन र उत्पादन बढाउन नगरपालिका भित्रका धान खेती गर्दै आएका कृषकहरुलाई विउ वितरण गर्न लागेको हो ।
नगरपालिकाले २०७८/०७९ को नियमित कार्यक्रमअनुसार खाध्यन्नमा आत्मनिर्भर बनाउन धान खेती गर्ने कृषकहरुलाई सावित्री धान र राम धानको उन्नत बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।



