
गाेरखा । पालुङटार नगरपालिका वडा नं. ३ का नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले समुदायकाे अतिविपन्न परिबारलाई वडा कार्यालयबाट निशुल्क स्वास्थ्य बिमा गराइदिने घोषणा गरेका छन् ।

अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकमा वडाभित्र दलित र गरिब बिपन्न समुदायका मानिसहरुलाइ निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।
आँपपीपल अस्पताल नजिक भएकाले स्वास्थ्य बीमा भएपछि उनीहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउनेमा विश्वस्त रहेको उनले बताए ।
यसअघि वडा सदस्य हुँदा पनि ज्येष्ठ नागरिक र रातोकार्डवाला अपांगहरुलाई घरघरमा पुगेर खोजीखोजी निशुल्क स्वास्थ्य वीमा गराउन मद्दत गरेको उनले बताए ।
बिमाको महत्व र प्रभावकारिता धेरै रहेकाले आफू वडाअध्यक्ष भएपछि अतिविपन्न दलित तथा गैरदलित परिबारको निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको उनले बताए ।


