• सोमबार, भाद्र २९ २०८३

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु


बिहिबार, जेष्ठ १२ २०७९
845
Shares

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झन्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

उक्त घटना दक्षिण बिहारको औरंगाबाद र गया जिल्लामा भएको बताइएको छ ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’को रूपमा चर्चा गरिने गरिएको छ ।

तर, छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरीचौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरैजसो पीडितले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको  बताइएको छ ।  “छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको,” जी न्युजले उल्लेख गरेको छ । यसैबीच, भारतको राष्ट्रिय मानवअधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई ‘नोटिस’ पठाएको छ । रासस/सिन्ह्वा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार