• शनिबार, साउन ९ २०८३

पालुङटारमा ज्वरोका बिरामीलाई छुट्टै चेकजाँजको ब्यवस्था


बुधबार, चैत्र १२ २०७६
925
Shares

गोरखा । पालुङटारमा ज्वरोको बिरामीलाई छुट्टै चेकजाँचको ब्यवस्था गरिएको छ । पालुङटार नगरपालिकाको ब्यवस्थापनमा आँपपिपल अस्पतालमा ज्वरोको बिरामीलाई छुट्टै परिक्षणको ब्यवस्था मिलाइएको नगरप्रमुख दिपकबाबु कडेंलले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण र जोखिमलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले अस्पतालको समन्वयमा छुट्टै केन्द्र सुरु गरेको बताइएको छ । सेवा हिजो मंगलबारदेखि सुरु भइसकेको नगरप्रमुख कडेंलले बताए ।

‘बिशेष गरेर कोरोना भाइरसको आशंका लागेका बिरामीलाई त्यस वार्डमा चेकजाँच गर्ने भनेका छौ’ कडेंलले सिभिलखबरलाई भने ‘यसले सम्भावित जोखिमलाई कम गर्छ भन्ने हाम्रो विश्वास हो ।’

त्यस्तै नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण स्वास्थ्य केन्द्रलाई ‘अलर्ट’ राखेको जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सामाजिक सञ्जाल लगायत बिभिन्न माध्यमबाट सचेतनाका कार्यक्रमहरु समेत चलाइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार