• सोमबार, भाद्र २९ २०८३

गोरखाका यानबहादुर थापाद्वारा सगरमाथाको सफल आरोहण


बिहिबार, जेष्ठ १२ २०७९
825
Shares

गोरखा। गोरखाका यानबहादुर थापाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका ३३ वर्षीय थापाले हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत जेठ १ गते उनले सगरमाथाको आरोहण गरेको उनले बताए ।

आधार शिविरबाट तीन दिनमा सगरमाथाको चुचुरोमा पुगेँकाे उनले बताए । थापा ट्रेकिङ गाईडको काम गर्थे । बिस्तारै उनलाई माउन्टेन गाईड बन्न मन लाग्यो । माउन्टेन गाईडको तालिम लिएपछि उनले सगरमाथाको आरोहण गरेको बताए ।

‘धेरै पहिलेदेखि सगरमाथा आरोहण गर्ने चाहना भएकाे र माउन्टेन गाईडको रुपमा अहिले सफल आरोहणको अवसर मिलकाे उनले बताए । आफु आरोहीको रुपमा नभई गाईडको रुपमा आरोहण गरेको उनले बताए ।

‘टुरिजम मेरो पेशा हो, यसलाई ब्यवशायिक रुपमा अघि बढाउन अब अझै सजिलो हुने अपेक्षा गरेको छु’, थापाले भने । वकिल बिष्णुप्रसाद भुषाल, डाक्टर कृति भुषाल र थापा सहितको तीन जनाको टोलीले एकैसाथ सगरमाथाको आरोहण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार