• मंगलबार, साउन १२ २०८३

शहीदलखन ८ काे पहिलाे निणय : वडाभरका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने


बिहिबार, जेष्ठ १२ २०७९
970
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गाेरखा । शहीदलखन गाउँपालिका वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष बासुदेव ढकालले कार्यालयबाट वडाभरका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

ढकालले कार्यभार सम्हाल्दै निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए ।

वडाका बासिन्दालाई वडा स्थित स्वास्थ्य संस्थाको सिफारिसमा वडादेखि गोरखा बजारसम्मको स्वास्थ्य पहुँच सुरक्षित गर्ने उद्देश्यका साथ निशुल्क एम्बुलेन्स सेवालाई वडाका सबै बासिन्दालाई सेवा पुयाउने गरी थप फराकिलो बनाउने अध्यक्ष ढकालले जानकारी दिए ।

वडा अध्यक्षमा निर्वाचित भएसँगै यसघिदेखि अभ्यासमा रहेको निशुल्क एम्बुलेन्स सेवालाई आगामि दिनमा नीती तथा कार्यक्रममा समावेश गरी थप प्रभावकारी बनाइने उनले बताए ।

त्यस्तै, वडाको सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय शिक्षामा रुपान्तरण गर्न प्राथमिक तहका विद्यार्थीलाई वोर्डस गर्ने प्रबन्ध मिलाउने गरी आगामि वर्षको बजेट तर्जुमा गर्ने निर्णय गरिएको पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार