• सोमबार, भाद्र २९ २०८३

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


बिहिबार, जेष्ठ १२ २०७९
835
Shares

सुर्खेत । दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा बुधबार राति दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेका छन्।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन।

बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको हो। बस दुर्घटनाको कारण भने अहिलेसम्म खुलिसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार