• सोमबार, भाद्र २९ २०८३

देशका केही स्थानमा वर्षाको सम्भावना


बिहिबार, जेष्ठ १२ २०७९
615
Shares

हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

देशभरको मौसम बदली रही केही स्थानमा आज बिहीबार वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भईरहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार