• सोमबार, भाद्र २९ २०८३

आज कति छ विदेशी मुद्राको विनिमयदर ?


बुधबार, जेष्ठ ११ २०७९
745
Shares

आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४४ रुपैयाँ र खरिददर १२३.८४ रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आजको सटही दर तोक्दै डलरको खरिद/बिक्रीदर कायम गरेको हो । यसैगरी एक यूरोको बिक्रीदर १३३.२९ रुपैयाँ र खरिददर १३२.६५ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५५.५८ रुपैयाँ र खरिददर १५४.८३ रुपैयाँ छ ।

यता, अष्ट्रेलियन डलरको बिक्रीदर ८८.१२ रुपैयाँ हुँदा खरिददर ८७.७० रुपैयाँ छ । यसैगरी, सिंगापुर डलरको बिक्रीदर ९०.५८ रुपैयाँ र खरिददर ९०.१४ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.७६ रुपैयाँ र खरिददर ९.७१ रुपैयाँ छ ।

यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६६ रुपैयाँ हुँदा खरिददर १८.५७ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्रीदर ३३.१८ रुपैयाँ र खरिददर ३३.०२ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०५ रुपैयाँ र खरिददर ३३.८८ रुपैयाँ छ ।

३३.८८ रुपैयाँ बिक्रीदर रहेको संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको ३३.७२ रुपैयाँ छ भने मलेसियन रिगंटको बिक्रीदर २८.३० रुपैयाँ र खरिददर २८.१७ रुपैयाँ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार