• सोमबार, भाद्र २९ २०८३

धार्चे गापास्थित लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध


बुधबार, जेष्ठ ११ २०७९
845
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गोरखा। गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ।

स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो। यो मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्र हो। ‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उनले भने, ‘गाउँपालिकाले पहिरो हटाउन नेपाली सेनालाई आग्रह गरेको छ।’

बेनिघाट-रूइला सडकअन्तर्गत लुस्याङ खोलानजिक पहिरो खसेको हो। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले यो सडक निर्माण गरिरहेको नेपाली सेनाको टोलीलाई भेटेर सुख्खा पहिरो हटाई आवागमन गर्न सकिने बनाइदिन आग्रह गरेका छन्।

सुख्खा पहिरोले गर्दा मानिस र खच्चड रोकिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार