
सरकारले पुनः सार्वजनिक सवारीको भाडा बढाएको छ ।
नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।
विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।
बढेको भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ ।
https://drive.google.com/file/d/1GO_zhxEZeWfUsiaGHjpuc-TlKYPaqVgz/view


