• सोमबार, भाद्र २९ २०८३

त्रिविको रजिस्ट्रेसन फाराम असार ५ भित्र भरिसक्नुपर्ने


मंगलबार, जेष्ठ १० २०७९
1.3K
Shares

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालमा भर्ना भएका सबै विद्यार्थीहरुलाई रजिष्ट्रेसन फाराम भर्न सूचना जारी गरेको छ। 

त्रिवि अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिक वर्ष २०७८/०७९ मा अध्ययन गर्ने विद्यार्थीहरुको रजिष्ट्रेसन गर्नुपर्ने भएकोले सूचना जारी गरेको हो।

वार्षिक प्रणाली अनुसार रजिष्ट्रेसन गर्नुपर्ने विद्यार्थीहरुले सूचना जारी भएको मितिदेखि जेठ मसान्तसम्म फाराम भरेर सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने छ।

सम्बन्धित क्याम्पसले रजिष्ट्रेसन फारम र सो को भौचर सहित असार ५ गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने छ। साथै असार १ गतेदेखि दोब्बर दस्तुर लाग्ने सूचनामा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार