गोरखा । गोरखामा कृयाशिल गैरसरकारी संस्थाहरुलाई संस्थागत क्षमता लेखाजोखा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोच नेपालको आयोजनामा जिल्लाका गैससहरुको आन्तरिक क्षमता लेखाजोखा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
२० वटा संस्थाहरुको सहभागिता रहेको कार्यक्रममा गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ र सोच नेपालका गोरखा प्रतिनिधी मोहसिन अलि मियाँले सहजीकरण गरेका थिए ।

कार्यक्रममा संस्थाहरुको आन्तरिक सुशासन प्रवद्र्धन, आन्तरिक क्षमता विकास, कर्मचारी परिचालन तथा ब्यवस्थापनका बारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।
त्यस्तै संस्थागत क्षमता लेखाजोखाको आवस्यता, फाइदा, महत्व, यसको उदेश्य, लेखाजोखाका औजारहरु, चरण, यसको प्रयोग तथा कार्यान्वयन गर्ने तरिका लगायत बिषयमा अभिमुखिकरण गराइएको थियो ।
कार्यक्रम गैसस महासंघ गोरखाको समन्वयमा भएको हो ।