
काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक र कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको छ।
विद्यार्थीले कलेज परिसरमै प्रदर्शन गरेपछि आरोपी शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको हो।
अधिकारीले कक्षा ११ का छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए।
आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए।
