• सोमबार, भाद्र २९ २०८३

धादिङवेशी मै खुल्याे आधुनिक जिम हाउस, बडी बिल्डिङ विश्व विजेता महर्जनले गरे उद्घाटन


सोमबार, जेष्ठ ९ २०७९
2K
Shares

धादिङ । धादिङबेसीमा आधुनिक जिम हाउस खुलेकाे छ । धादिङवेशी स्थित मिलनटोलमा करिब ७५ लाख रुपैया लगानीमा सुविधासम्पन्न जिम हाउस खुलेकाे हाे ।

शारिरिक ब्यायमका लागि युवा, युवतीलाई लक्षित गर्दै धादिङ फिट्नेस सेन्टर सञ्चालनमा ल्याइएकाे सञ्चालक मध्येका एक मुमदिन मियाँले बताए ।

सेन्टरकाे आइतबार एक कार्यक्रमकाविच बडी बिल्डिङका विश्व विजेता महेश महर्जनले उद्घाटन गरेका छन् ।

फिट्नेस सेन्टरकाे उद्घाटन गर्दै विश्व विजेता महर्जनले जिम आजकाे समयमा अपरिहार्य रहेकाे बताएका छन् । आफ्नाे शरिर र स्वास्थ्यलाई तन्दुरुस्त राख्न र चलायमान बनाउनका लागि ब्यायम एक मात्रै उपाय रहेकाे र त्यसका लागि जिम उत्तम विकल्प रहेकाे उनकाे भनाई छ ।

पछिल्लाे समय नेपालका ठूला शहरसंगै माेफसलका सिटिहरुमा समेत जिम सेन्टरहरुकाे माग बढेकाे बताउदै विश्व विजेता महर्जनले जिमले शारिरिक मात्रै नभई मानसिक रुपमा समेत मानिसलाई तन्दुरुस्त राख्ने बताए ।

वैदेशिक राेजगारीमा रहेका वेला लामाे समय फिट्नेस सेन्टरमा काम गरेकाे अनुभव लिएका मुमदिन मियाँ र सन्ताेष श्रेष्ठले स्वदेशमा फर्किएर सुबिधासम्पन्न जिम हाउस सञ्चालनमा ल्याएका हुन् । देशकाे राजधानी काठमाण्डाैबाट नजिक रहेपनि हालसम्म आधुनिक जिम सेन्टर नहुदा धादिङका युवाहरु जिम गर्नबाट बञ्चित बन्दै आएका थिए ।

युवाहरुकाे माग र आवस्यकतालाई ध्यानमा राखेर सदरमुकामा जिम हाउस स्थापना गरिएकाे सञ्चालक श्रेष्ठले सिभिलखबरलाई बताए । सेन्टरबाट युवा, युवती दुवैका लागि सेवा दिइने उनकाे भनाई छ ।

हालसम्म ५० जनाभन्दा बढिले नियमित जिमका लागि नाम दर्ता गराइसकेकाे समेत उनले बताए । हरेक दिन बिहान ५ देखि बेलुका ९ बजेसम्म सञ्चालन गर्ने सेन्टरमा डेढ सय जनासम्मका लागि सिट रहेकाे बताइएकाे छ ।

उद्घाटन कार्यक्रममा नीलकण्ठ ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायत स्थानीय समाजसेवी, नागरिक अगुवाका साथै युवाहरुकाे बाक्लाे उपस्थिती रहेकाे थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार