गोरखा । सरकारी छाप किर्ते गरेको अभियोगमा ३२ वर्षिय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट ११ महिना ६ दिन कैद सजाय तोकिएका गोरखा नगरपालिका २ बस्ने खानलाई प्रहरीले पक्राउ गरेको हो ।
केहि बर्षअघि सरकारी छाप किर्ते गर्दै नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाएर ठग्दै आएकाे खुलेपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएकाे थियाे ।
साे लगत्तै धराैटीमा छुटेपनि अदालतको मुद्धा फैसला भएपछि खान केही समयदेखि लुकिछिपी बस्दै आएका थिए । उनलाई बैशाख ३१ गते गोरखा नगरक्षेत्रबाटै नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै आगोलागी मुद्धामा पाँच महिना सात दिन कैद तोकिएका गोरखा नगरपालिका ६ बस्ने २७ वर्षिय भरत रानालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रानालाई आईतवार पक्राउ गरेको हो ।
दुबै जना फरार अभियुक्त खान र रानालाई जिल्ला अदालतबाट सजाय भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।