• सोमबार, भाद्र २९ २०८३

गोनपाका जनप्रतिनिधिलाई चेम्बरले गर्यो स्वागत


सोमबार, जेष्ठ ९ २०७९
765
Shares

गोरखा। गोरखा नगरपालिकाकाे नव निर्वाचित जनप्रतिनिधिलाई गोरखा चेम्बर अफ कमर्सले स्वागत गरेको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आथित्यता रहेको थियो ।

गोरखा नगरपालिकामा नव निर्वाचित मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई सम्मान गरिएको महासचिव रामस्वरुप श्रेष्ठले बताए ।

चेम्बर अफ कमर्सले माला, अविर लगाएर सफल कार्यक्रमको सुभकामना दिएको थियो ।


ब्यवशायीलाई सजिलो र सहज हुने गरी नगरपालिकाले सहकार्य गर्न चेम्बर अफ कमर्सले नवनिर्वाचित जनप्रतिनिधि सँग अनुरोध गरेको छ ।

मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, वडा अध्यक्ष दिलिप जोशीले ब्यापारी ब्यवशायीको हक हितमा काम गर्ने आश्वासन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार