
गोरखा। गोरखामा पहिलो पटक मयुर खुल्ला ठाउँमा देखिएको हो । शहीदलखन गाउँपालिका वडा नम्बर ३ बनौती पाखा सामुदायिक बनमा मयुर भेटिएको छ ।
वडा नम्बर ३ को उक्त जंगलमा वयस्क पोथी मयुर भेटिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले बताए ।
स्थानीय नारायणप्रसाद पोखरेलले जंगलबाट आएको मयुरलाई डिभिजन वन कार्यालय गोरखा बुझाएका हुन् । मयुरलाई एक रात कुखुराको खोरमा थुनेर राखेको पोखरेलले बताए ।
तल्लो तटिय क्षेत्रमा देखिने मयुर पछिल्लो समय केही माथिल्लो क्षेत्रमा पनि देखिने गरेको छ ।
मयुर भेटिएको ठाउँमा असुरक्षित र जोखिम देखिएकाले मयुरलाई चितवन स्थित राष्ट्रिय प्रकृती संरक्षण कोषको जिम्मा लगाइएको डिभिजन बन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताए ।


