• सोमबार, भाद्र २९ २०८३

डिजेलको ट्याङ्कर ट्रकसँग ठोक्किदा ९ जनाको मृत्यु


आइतबार, जेष्ठ ८ २०७९
1K
Shares

भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल गरिएको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ ।

ठक्करपछि आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।  

प्रहरी अधिकारीका अनुसार डिजेल ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किएपछि भयानक आगलागी भयो ।

ट्रकमा बसेका ७ जना र पेट्रोल ट्याङ्करमा बसेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा शव यति नराम्रोसँग जलेको छ कि उनीहरुको पहिचान गर्न मुश्किल भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार