• सोमबार, भाद्र २९ २०८३

आज गण्डकी सहित यी प्रदेशमा चट्याङसहित वर्षा हुने


आइतबार, जेष्ठ ८ २०७९
795
Shares

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो। आइतवार दिउँसो देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि गोरखा लगायत अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति केही स्थानमा मौसम सफा हुने भए पनि अधिकांश स्थानमा वर्षा हुनेछ।

प्रदेश १, मधेस प्रदेश, वागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागमा राति आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश १, मधेस प्रदेश, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार