• सोमबार, भाद्र २९ २०८३

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता


आइतबार, जेष्ठ ८ २०७९
735
Shares

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड भन्दा बढी पुगेको छ। २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो।

यस अवधिमा कम्पनीका थ्रिजी ग्राहक ९४ लाख ८२ हजार ५८० छन्। समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता  दुई करोड २० लाख ९१ हजार ७८५ छन्। बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन्। 

अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रिजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ थियो। 

टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटिई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । 

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्दछ। र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ। आफ्नो मोबाइल फोनबाट *444‍#  डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार