
शुक्रबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोेला १२७० रुपैयाँमा कारोबार भइरहेको छ।


