• सोमबार, भाद्र २९ २०८३

३४ वर्षअघिको मुद्दामा नवजोत सिद्धुलाई एक वर्षको जेल सजाय


शुक्रबार, जेष्ठ ६ २०७९
955
Shares

सर्वोच्च अदालतले पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुलाई ३४ वर्षअघिको रोड रेजको मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ। यस विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन याचिका दायर भएको थियो ।

यो मुद्दा तीन दशकभन्दा पुरानो हो । पीडित परिवारले यस मामिलामा सर्वोच्च अदालतको २०१८ को फैसलाविरुद्ध पुनरावलोकन याचिका दायर गरेका थिए। यो मामला सन् १९८८ को हो।

सिद्धुमाथि गुरनाम नामका व्यक्तिलाई कुटपिट गरेको आरोप लगाइएको थियो, त्यसपछि उनको मृत्यु भएको थियो । यस मामिलामा तल्लो अदालतले यसअघि सिद्धुलाई सफाइ दिएको थियो तर सन् १९९९ मा उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपील गरिएको थियो।

पछि, पञ्जाब(हरियाणा उच्च अदालतले सिद्धुलाई तीन वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि यो मामिला सर्वोच्च अदालत पुग्यो र सर्वोच्चले सन् २०१८ मा आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार