• सोमबार, भाद्र २९ २०८३

आगामी ३ दिन देशका अधिकांश ठाउँमा वर्षा हुने !


शुक्रबार, जेष्ठ ६ २०७९
1.4K
Shares

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । आगामी ३ दिन देशका अधिकांश ठाउँमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहानैदेखि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार