• शनिबार, साउन ९ २०८३

भरतपुर अस्पतालमा मृत्यु भएका यादवलाई कोरोना नलागेको पुष्टि


बुधबार, चैत्र १२ २०७६
1.1K
Shares

चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको देखिएको छ।

वीरगन्ज निवासी ३० वर्षीय यादवलाई ज्वरो र निमोनिया भएपछि भरतपुरको कोरोना अस्थायी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो।

मंगलबार बिहान साढे नौ बजे उनको मृत्यु भएको थियो।

‘हामीलाई भरखरै रिपोर्ट प्राप्त भयो,’ अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भने, ‘यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।’

कोरोनाको आशंकामा यादवक शव सोही अस्पतालमा राखिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि उनको अन्त्यष्टिका लागि शव हस्तान्तरण गर्ने डा. अधिकारीले बताए। 

मंगलबार बिहान परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा उनको नमुना पठाइएको थियो। त्यसको रिपोर्ट केहीबेरअघि मात्र प्राप्त भएको उनले बताए।

मिर्गौला र लुपस रोगबाट पीडित यादवले भरतपुरको चितवन मेडिकल कलेजमा एकवर्षदेखि उपचार गराइरहेका थिए। सोमबार उनलाई एक्कासि ज्वरो बढेपछि भरतपुरको कोरोना अस्थायी अस्पताल भर्ना गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार