• सोमबार, भाद्र २९ २०८३

नेपालले युगान्डालाई दियो एक सय रनको लक्ष्य


बिहिबार, जेष्ठ ५ २०७९
765
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।

नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता राना मगरले १२ रनको योगदान गरिन् ।

बलिङतर्फ युगान्डाका लागि फिओना कुलेमे, कोन्के वेको र सारहा किटेङले दुई–दुई विकेट लिइन् । त्यस्तै जानेट बाबाजी र रिता मुसामालीले एक–एकविकेट लिइन् । आजको खेलमा नेपाल सहज जित निकाल्दै सिरिजमा आफ्नो सम्भावना बाँकी राख्ने योजनामा छ । यता युगान्डा आजको खेलमा जित निकाल्दै सिरिज जित्ने योजनामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार