• बुधबार, कार्तिक १२ २०८३

भारतले नेपाललाई १.७ लाख टन रासायनिक मल दिने


बिहिबार, जेष्ठ ५ २०७९
915
Shares

भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल  सहयोग गर्ने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो। 

त्यस्तै भारतले अहिलेकै एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ। आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ। 

स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ। त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ। रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ। नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायनिक मल पाउनलागेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार