• सोमबार, भाद्र २९ २०८३

नेपाल युगाण्डा विरुद्ध तेस्रो टी–२० खेल खेल्दै


बिहिबार, जेष्ठ ५ २०७९
1.3K
Shares

बिहीबार नेपाली महिला क्रिकेट टोलीले युगाण्डासँग तेस्रो टी–२० खेल्दै छ। यसअघिका दुई खेलमा पराजित भएको नेपाली टोली बिहीबार पहिलो जितको खोजीमा हुनेछ।

सिरिज बचाउन पनि घरेलु टोलीलाई बिहीबारको खेल जित्नैपर्ने दबाब छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।

यसअघि पहिलो खेलमा १२ रनले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा पाहुना टोलीले १ विकेटको जित हात पारेको थियो। ५ टी–२० क्रिकेट खेल्न युगाण्डाको महिला टोली नेपाल आएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार