
बिहीबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।


