कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।
पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । श्रीमती, एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्थे ।
अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एक जना नेपालीको मृत्यु भएको थियो ।