• सोमबार, भाद्र २९ २०८३

इसेवाको एन्ड्रोइड मोबाइलमा ५२ लाख डाउनलोड, ग्राहक संख्या ६० लाख


बुधबार, जेष्ठ ४ २०७९
910
Shares

भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ।

नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ। स्थापना भएको १३ वर्षमा इसेवाको मोबाइल एप्स एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरि ६० लाख बढी ग्राहकलाई एप्स मार्फत सेवा प्रदान गरिरहेको छ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ। 

एण्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्सहरुमा आकर्षण बढ्दो छ। ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाइल एप्समा  अझै परिष्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ।’

५० लाख मोबाइल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजजिनक गरेको छ।  यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा रू ५५ क्यासब्याक प्राप्त गर्नेछन्। 

यस अफर अन्तरगत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ। अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाइलमा टप्अप्, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्गको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ।

यसैगरि १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्सको प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ।

यसैगरि बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाईल टपअप सेवामा रू ५५ क्यासब्याक प्राप्त गर्न सकिनेछ। क्यासब्याकबारे थप विवरण ब्लग डट इसेवा डटकम डट एनपी मार्फत हेर्न सकिनेछ। 

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार