• सोमबार, भाद्र २९ २०८३

घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोवार ?


बुधबार, जेष्ठ ४ २०७९
635
Shares

आज सुन-चाँदीको मूल्य घटेको छ। 

बुधबार सुन प्रतितोला ९५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुन प्रतितोला नौ सय र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो। 

केही समय यता सुन-चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। अघिल्लो साताको बुधबार सुन प्रतितोला ९८ हजार सात सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार