• सोमबार, भाद्र २९ २०८३

छिन्नलता गीत पुरस्कार अधिकारीलाई


बुधबार, जेष्ठ ४ २०७९
1.9K
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ।  छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष गायक/गायिकालाई सम्मान गर्दै आएको छ। गुठीले यो वर्षको प्रतिभा पुरस्कार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो।

उनले आफूले छिन्नलता प्रतिभा पुरस्कार पाउन लाग्दा खुसी व्यक्त गरेकी छन्। ‘छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भए। नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत संगीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ।

यो खुसीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार तथा कृतज्ञ प्रकट गर्न चाहान्छु,’ उनले फेसबुकमा लेखेकी छन्। अस्मिता ‘नेपाल आइडल २’ की प्रतिस्पर्धी हुन्। उनले ‘साली मन पर्यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, माटोको सिन्दुर’ लगायतका चर्चित गीतमा आवाज दिएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार