• सोमबार, भाद्र २९ २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग 


मंगलबार, जेष्ठ ३ २०७९
925
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेपाली उपभोक्ता संरक्षण महासंघले सरकारसमक्ष माग गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत वैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।

महासंघले आयल निगमले थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्री–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पद्धार्थबाट चल्ने सवारीसाधन, मेशिनरी उपकरणहरु निश्चित अवधि पश्चात् चल्न नपाउनेगरी कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।

अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । महासंघका प्रवक्ता अर्जुनकुमार श्रेष्ठले नेपालीले थेग्नै नसक्नेगरी सरकारले डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेको टिप्पणी गरे । उनले प्रत्येक चिजको नियम परिवर्तन गर्न गाह्रो भए पनि सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार