गाेरखा । सरकारले मंगलबारबाट एक हप्ताका लागि लगाएको लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा भने दिने भएका छन् ।
बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको छ ।
खाद्यान्न, औषधी लगायतका सामाग्री खुल रहेका र ती वस्तुहरु खरिद गर्न रकम चाहिने भएकाले बैंकहरुलाई सेवा दिइरहन निर्देशन दिने तयारी गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए ।
यता गोरखामा भने मंगलबारदेखि बैंक तथा वित्तिय संस्थाहरुको काम पनि ठप्प भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै बैंक तथा बित्तिय संस्थाहरु बन्द गर्न निर्देशन दिएको थियो ।
विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गराउन भन्दै जिल्ला प्रशासन कार्यालयले गोरखाका वैंकहरु बन्द गर्न आग्रह गरेको हो ।